०४ असार २०८३, बिहीबार

मोदीको मैं भी चौकीदार अभियान फेसबूकमा पनि, अमित शाहले परिवर्तन गरे प्रोफाइल

मोदीको मैं भी चौकीदार अभियान फेसबूकमा पनि, अमित शाहले परिवर्तन गरे प्रोफाइल

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा शुरू गरेको मैं भी चौकीदार अभियानलाई भारतीय जनता पार्टीका अध्यक्षले फेसबूकमा पनि शुरू गरेका छन् । 

उनले आइतवार फेसबूकमा आफ्नो प्रोफाइल फोटो परिवर्तन गरेर यसको शुरूआत गरेका हुन् । 

तस्वीरमा अमित शाह पृष्ठभूमिमा देखिन्छन् भने प्रधानमन्त्री मोदी अग्रभागमा देखिन्छन् र उनीसँगै हिन्दीमा मैं भी चौकीदार लेखिएको देखिन्छ ।

तस्वीर परिवर्तन गर्दै उनले फेसबूकमा लेखे, ‘ह्याशट्याग मैंभीचौकीदार आन्दोलनलाई बल दिन मैले प्रोफाइल तस्वीर परिवर्तन गरेको हुँ । यो प्रयासमा प्रधानमन्त्री मोदीलाई साथ दिन म तपाईंहरू प्रत्येकलाई अपील गर्छु ।’

यो अप्डेटले फेसबूक प्रयोगकर्ताहरूलाई अमित शाहले प्रयोग गरेको फ्रेमबाट प्रोफाइल तस्वीर परिवर्तन गर्न निमन्त्रणा दिएको छ । 

भाजपा अध्यक्षले प्रोफाइल तस्वीर परिवर्तन गरेको दुई घन्टाभित्र त्यसले ४४ हजार लाइक, २६ सय कमेन्ट अनि १३ सयभन्दा बढी शेयर पाएको छ । 

यो अभियानलाई अन्य भाजपा नेताले पनि अँगाले र अमित शाहकै जस्तो गरी प्रोफाइल तस्वीर परिवर्तन गरे । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च १६ देखि मैं भी चौकीदार अभियान शुरू गरेका थिए र ट्विटरमा मानिसहरूलाई यस अभियानअन्तर्गत शपथ लिन आह्वान गरेका थिए । 

अभियानकै क्रममा भाजपा नेताहरूले ट्विटरमा आफ्नो नामअगाडि चौकीदार शब्द जोडेका थिए ।

हिन्दुस्तान टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्