०४ असार २०८३, बिहीबार

मोदी र ममता दुवै जनताको कुरा सुन्दैनन् : राहुल गान्धी

मोदी र ममता दुवै जनताको कुरा सुन्दैनन् : राहुल गान्धी

काठमाडौं – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बंगालमा लोकसभा निर्वाचन अभियानको शुरूआत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र तृणमूल कांग्रेस अध्यक्ष ममता बनर्जीमाथि प्रहार गरेका छन् । 

शनिवार माल्दामा भाषण गर्दै उनले लेफ्ट फ्रन्ट पनि बंगालको विकासमा बाधा गर्न जिम्मेवार रहेको बताए । 

नरेन्द्र मोदी र ममता बनर्जी दुवैले मानिसहरूको कुरा नसुन्ने गरेको आरोप लगाउँदै राहुलले वामपन्थीहरूको राजमा जस्तै अहिले पनि युवा र किसानलाई मझधारमा छोडिएको र कांग्रेस कार्यकर्तामाथि अहिले पनि अत्याचार भइरहेको बताए । 

‘किसानहरू बंगाल र देशका अन्य भागमा ऋण माफीका लागि रोइरहेका छन् । नरेन्द्र मोदी, अरुण जेट्ली वा ममता बनर्जी कोही पनि किसानको दुःख सुन्दैनन् । बंगालमा विकासको अवस्था कस्तो छ भन्ने कुरा मलाई भन्दा बढी तपाईंलाई थाहा छ । बंगालमा एक व्यक्तिले सबै कुरा चलाइरहेको अवस्था छ । उनी कसैसँग पनि छलफल र सरसल्लाह गर्दिनन् । दिनभरि उनको भाषण मात्र सुन्नुपर्छ,’ राहुलले माल्दाको चञ्चलमा एक भव्य आमसभामा बताए । 

‘कम्युनिस्टहरूको सत्ता हुँदा उनीहरू एउटा संस्थाका लागि सरकार चलाउँथे । अहिले एक व्यक्तिको सनकमा सरकार चल्छ । कांग्रेस कार्यकर्ताहरू वामपन्थी सत्तामा रहँदा पिटिन्थे, कांग्रेस कार्यकर्ता अहिले पनि पिटिन्छन् । केही विकास भएको छ त ? किसानहरूको ऋण माफी भयो त ? युवाहरूले रोजगारी पाए त ?’  राहुल गान्धीले भने । 

राहुलको आमसभा माल्दा उत्तरबाट उठेका कांग्रेस उम्मेदवार इशा खान चौधरीको समर्थनमा राखिएको थियो । माल्दा कांग्रेसको गढ हो । 

दी इन्डियन एक्सप्रेसबाट

salt training

कमेन्ट गर्नुहोस्