१९ असार २०८३, शुक्रबार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता- इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतवार शक्तिशाली भूकम्प गएको छ । 

भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरूले स्पष्ट पारेका छन् । 

स्थानीय समय अनुसार दिउँसो १ बजेर ३७ मिनेट जाँदा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरूले जनाएका छन् । 

'अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,' एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए । 

प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको उल्लेख नभएको समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्