०३ असार २०८३, बुधबार

बंगलादेशको ढाकास्थित २२ तल्ले भवनमा आगलागी हुँदा मर्नेको संख्या २५ पुग्यो

बंगलादेशको ढाकास्थित २२ तल्ले भवनमा आगलागी हुँदा मर्नेको संख्या २५ पुग्यो

काठमाडौं – बंगलादेशको राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीवार लागेको आगोमा परी मर्नेको संख्या २५ पुगेको प्रहरीले जनाएको छ । 

‘आगलागीमा परी मरेका २५ जनाको शरीर पहिचान गरिएको छ,’ ढाका महानगरीय प्रहरीका उपकमिस्नर मोस्ताक अहमदले बताए । 

‘तीमध्ये २४ शव परिवारलाई बुझाइएको छ,’ शुक्रवार बिहान घटनास्थलको भ्रमण गरेर आएका उनले पत्रकारहरूलाई बताए । 

अग्निनियन्त्रकहरूले आफ्नो कारवाही सकेपछि प्रहरीले भवनभित्र अनुसन्धान गर्ने उनले बताए । 

बिहीवार स्थानीय समयअनुसार दिउँसो १२ः५० मा आगो लागेपछि सयौं मानिस भवनमा फसेका थिए । धेरैले सहायता माग्दै चिच्याएका थिए, हात हल्लाएका थिए र कपडा हल्लाएका थिए । 

अग्निनियन्त्रकहरूको २२ इकाइलाई सेना, जलसेना र वायुसेनाले आगो निभाउन मद्दत गरेका थिए । 

आगो पौने ५ बजे नियन्त्रणमा आएको थियो र साँझ ७ बजे निभेको थियो । 

आगलागीमा परी १०० जना घाइते भएका थिए । घाइतेलाई कुर्मीटोला अस्पताल, युनाइटेट अस्पताल र ढाका मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । गम्भीर घाइते भएकाको उपचार चलिरहेको छ भने अन्यलाई प्राथमिक उपचार पनि घर पठाइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्