×

NMB BANK
NIC ASIA

त्रिविमा अब अनलाइन परीक्षा फाराम भर्न पाइने, ट्रान्सक्रिप्टमा स्टार चिह्न नहुने

चैत २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौँ–त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्न थालेको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था थालेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । 

Muktinath Bank

    “हामीले अब परीक्षा दिने स्नातक तह प्रथम वर्षका विद्यार्थीको परीक्षा फाराम अनलाइनमार्फत भर्ने व्यवस्था गरेका छौँ”, उनले भने, “अहिले पढिरहेका स्नातक तह प्रथमका सबै विद्यार्थीले फारम अनलाइनमार्फत् भर्ने छन् ।” अहिले क्याम्पसले नै भरिदिने व्यवस्था गरेको अनलाइन फारामपछि विद्यार्थीले आफैले नै भर्नसक्ने छन् । यसरी विद्यार्थीले अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैँले नै प्रिन्ट गरेर लिन पाउने उनले बताए । उनीहरु आफैँले प्रिन्ट गरेको प्रवेशपत्र लिई परीक्षामा सहभागी हुन पाउने छन् । यसैगरी त्रिविले अबदेखि फोटोसहितको रजिष्ट्रेशन स्लिप लागू गर्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    परीक्षा नियन्त्रक जोशीले अब नयाँ रजिष्ट्रेशन स्लिप लिने विद्यार्थीले फोटोसहितको हुने बताए । उनले अबदेखि परीक्षामा अनलाइनमार्फत् भरेको फारामको प्रवेशपत्रसँगै फोटोसहितको रजिष्ट्रेशन स्लिप लिएर जानुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

    यसैगरी पनिकाले विद्यार्थीको लब्धाङ्क पत्र (मार्कसिट)को क्याम्पस आफैँले प्रिन्ट गरेर दिन सक्ने व्यवस्था गर्न थालेको छ । नयाँ वर्षदेखि लागू हुने गरी स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसले आफैँले प्रिन्ट गरेर मार्कसिट दिने व्यवस्था गर्न थालेको परीक्षा नियन्त्रक जोशीले बताए ।

Vianet communication
Laxmi Bank

    यसैगरी त्रिविले अबदेखि ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा तारा (स्टार) चिह्न नराख्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् । ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको जोशीले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

असार २१, २०७६

जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...

बैशाख १९, २०७६

विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...

जेठ १८, २०७६

सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...

साउन २५, २०७६

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।  विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...

असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x