२५ असार २०८३, बिहीबार

धेरैलाई थाहा नहुन सक्छ गायत्री मन्त्रको अर्थ

जेठ ६, २०७६
धेरैलाई थाहा नहुन सक्छ गायत्री मन्त्रको अर्थ

हामी धेरैलाई गायत्री मन्त्र के हो भन्ने थाहा भएपनि यसको अर्थ थाहा नहुन सक्छ । पहिलापहिला व्रतबन्ध गरेका ब्राह्मण र क्षेत्रीहरूले मनमनै गायत्री मन्त्र पढ्ने गर्थे । द्विजसंस्कार गरिएको ब्राह्मणले दिनदिनै गायत्री मन्त्र अनिवार्य रूपमा जपgayatriगर्नुपर्छ भनी शास्त्रले बताएको छ । अचेल भने गायत्री मन्त्र गोप्य रहेन । विद्यालयहरूदेखि लिएर पानपसलसम्म पनि गायत्री मन्त्र बजाइने गरेको पाइन्छ ।
गायत्री मंत्र : ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्
अर्थ : (ॐ) यो प्रभुको मुख्य नाम हो । त्यो प्राणहरूको प्राण (भूः), दुःखनाशक (भुवः) सुखस्वरूप (स्वः) हो । त्यो (तत्) सकल जगतका उत्पादक (सवितुः), प्रभुको (देवस्य) ग्रहणयोग्य (वरेण्यं), विशुद्ध तेज (भर्गः) लाई हामी धारण गरौं (धीमही) जुन प्रभु (यः) हाम्रो (नः) बुद्धिहरूलाई (धियः) असल मार्गमा प्रेरित गरून् (प्रचोदयात्) ।

सजिलो गरी भन्दा, सृष्टिकर्ता प्रकाशमान परमात्माको प्रसिद्ध तेजको हामी ध्यान गर्छौं । ती परमात्मा हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् ।

गायत्री साधनाद्वारा आत्माको शुद्ध स्वरूप प्रकट हुन्छ र अनेक ऋद्धि र सिद्धिहरू उपलब्ध हुन्छन् । गायत्री साधनामार्फत साधकले सांसारिक सुख एवं आत्मिक आनन्द प्राप्त गर्दछ । गायत्री मन्त्रका अक्षर यस्तो विचित्र र रहस्यमय छ कि यसको उच्चारण मात्रले पनि जिभ्रो, घाँटी एवं तालुमा भएका नाडी र तन्तु अद्भुत क्रममा सञ्चालन हुन थाल्छन् ।

गायत्रीको जपबाट अनायास एक महत्वपूर्ण योग साधना हुन थाल्छ र गोप्य शक्तिकेन्द्रको जागरणबाट साधकलाई आश्चर्यजनक लाभ हुन थाल्छ ।

salt training

कमेन्ट गर्नुहोस्