०३ असार २०८३, बुधबार

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा फारम खुल्यो, परीक्षा तालिका पनि सार्वजनिक

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा फारम खुल्यो, परीक्षा तालिका पनि सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको आवेदन खुलाएको छ । साथै परीक्षा समय तालिका पनि सार्वजनिक भएको छ ।

बोर्डका अनुसार अन्य विषयमा सी प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा २ विषयमा मात्र सी वा डी प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले ती दुवै वा दुईमध्ये एक विषयमा पुरक परीक्षा दिन पाउनेछन् ।

यसैगरी अन्य विषयमा डी प्लस वा सो भन्दा माथि र बाँकी २ विषयमा डी वा इ ग्रेड प्राप्त गरेका वा अनुपस्थित विद्यार्थीले ती दुवै विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

फासम बुझाउने मिति भदौ २ गतेसम्म छ । परीक्षा भदौ २२ र २३ गते सञ्चालन हुनेछ ।

हेर्नुहोस्, सूचना:

यस्तो छ परीक्षा तालिका:

salt training

कमेन्ट गर्नुहोस्