लक्ष्मण चापागाईंको 'मायालु रापाकोट' बोलको गीत सार्वजनिक भएको छ ।
हालै सार्वजनिक भएको गीतमा लक्ष्मण चापागाईं र सिर्जना सुवेदीको स्वर रहेको छ ।
उक्त गीतको लय तथा शब्द पनि चापागाईंकै रहेको छ ।
गीतको संगीत संयोजन अर्जुन कुमार पोखरेलले गरेका हुन् । सागर गौतमको छायांकन तथा सन्तोष भुजेलले निर्देशन गरेको भिडियोमा
लक्ष्मण भुसाल, खुशी रामदाम र प्रतिसा लामा, देवेन्द्र सिलवाललगायतको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् :