०६ असार २०८३, शनिबार

विश्वकपबारे बालेनको टिप्पणी : ‘मेरो फेभरेट देशले खेलेकै छैन’

जेठ ३०, २०८३
काठमाडौं
विश्वकपबारे बालेनको टिप्पणी : ‘मेरो फेभरेट देशले खेलेकै छैन’

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विश्वकप फुटबलबारे सामाजिक सञ्जालमा एक टिप्पणी गरेका छन्।

शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले आफूलाई धेरै साथीभाइले ‘तपाईंको फेभरेट देश कुन हो विश्वकपमा ?’ भनेर सोध्ने गरेको उल्लेख गरेका छन्।

यसको जवाफमा उनले, “मेरो फेभरेट देशले खेलेकै छैन !” लेखेका छन्।

उनको टिप्पणीपछि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समर्थन जनाएका छन् । उनले भनेका छन्, 'सम्माननीय प्रधानमन्त्रीज्यूले  भन्नुभएको कुरा—“मेरो फेभरेट देशले अहिलेसम्म वर्ल्डकप खेलेकै छैन”—मलाई निकै सान्दर्भिक र भावुक लाग्यो। आशा र विश्वास गरौँ, उहाँले उल्लेख गर्नुभएको फेभरेट देश आफ्नै नेपाल हो। हामी सबै नेपालीको पनि एउटै सपना छ कुनै दिन विश्वकपको मैदानमा नेपाली झण्डा गर्वका साथ फरफराइरहेको हेर्ने, नेपालले विश्वकप खेलिरहेको हेर्ने। यो सपना केवल खेलाडीहरूको मात्र होइन, सिङ्गो राष्ट्रको सपना हो।'

salt training

कमेन्ट गर्नुहोस्