०८ असार २०८३, सोमबार

आइतबार सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जेठ ३१, २०८३
काठमाडौं
आइतबार सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि जेठ २९ गते सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ । 

अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँ थियो ।

salt training

कमेन्ट गर्नुहोस्