०८ असार २०८३, सोमबार
नीति तथा कार्यक्रम

काठमाडौं महानगरले गर्‍यो नगर अस्पताल स्थापना घोषणा

जेठ ३१, २०८३
काठमाडौं
काठमाडौं महानगरले गर्‍यो नगर अस्पताल स्थापना घोषणा
फाइल फोटो

काठमाडौं महानगरले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको घोषणा गरेको छ ।

आइतबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले नगर अस्पताल स्थापनाको घोषणा गरेकी हुन् ।

महानगरले नगरभित्रका स्वास्थ्य सेवामा विपन्न र असहायका लागि १० प्रतिशत उपचार गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गर्ने पनि डंगोलले घोषणा गरिन् । बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने समेत उनले घोषणा गरिन् ।

काठमाडौंमा प्रदूषण नियन्त्रण कम गर्ने तथा प्लास्टिकका झोलालाई कम गर्दै जाने रणनीति बनाउने पनि उनले घोषणा गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्