३१ जेठ २०८३, आइतबार

सिर्जु शाहको उपन्यास बैकिनी विमोचन​

जेठ ३१, २०८३
काठमाडौं
सिर्जु शाहको उपन्यास बैकिनी विमोचन​

सिर्जु शाहको उपन्यास बैकिनी विमोचन गरिएको छ ।

दैलेखकी शाहको पहिलो उपन्यास बैकिनी आइतबार पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो । शाहले समग्र कर्णालीमा महिलाका कथालाई यो उपन्यासमार्फत एक विद्रोह गरेकी छिन् ।

साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी, टीकाराम यात्रीलगायतले सामूहिक रूपमा उपन्यास विमोचन गरे । उपन्यास अक्षर आँगन प्रकाशन गृहले प्रकाशित गरेको हो ।

पत्रकार टीकाराम यात्रीको सहजीकरणमा साहित्यकार कृष्ण धरावासी र समालोचक उमा सुवेदीसँगै उपन्यासकी लेखक शाहबीच उपन्यासका विभिन्न आयमबारे छलफल भएको थियो ।

यो उपन्यासको भूमिकासमेत लेखेका साहित्यकार धरावासीले आफूले यो तहको महिलाको पीडाबारे कल्पनासमेत नगरेको उल्लेख गरे । उनले शाहको पहिलो कृति भए पनि लेखन, भाषा र कथानकका दृष्टिले उपन्यास राम्रो रहेको बताए । उनले सबैले सुनेको कर्णालीभन्दा यो उपन्यासले कर्णालीलाई एक फरक पहिचान दिनसक्ने बताए ।

समालोचक उमा सुवेदीले स्वरैकल्पनामा लेखिएको यो उपन्यासमा यथार्थतालाई पनि सन्तुलनमा राखिएको बताइन् ।

उनले महिलाकेन्द्रित यो उपन्यासले महिलाका संघर्षबारे नयाँ आयाम देखाएको बताइन् । उनले खास गरी यो उपन्यास राज्यका नीति निर्माण तहका बसेका व्यक्तिले पढ्नु पर्नेसमेत उल्लेख गरिन् ।

लेखक शाहले आफ्नो जागिरे जीवनमा भेट भएका महिलाहरूको अवस्था देखेर यो उपन्यास लेख्ने सोच बनाएको उल्लेख गरिन् । उनले आफूले उपन्यासका माध्यमबाट अहिले पनि महिलाले कस्तो संघर्ष गर्नुपरेको छ भन्ने देखाउन खोजेको बताइन् ।

बैकिनी कर्णालीको आञ्जलिक शब्द हो । जसको अर्थ तरुनी भन्ने हुन्छ । यो उपन्यास विभिन्न संघर्षमा उत्रिएका महिला पात्रकेन्द्रित छ ।

salt training

कमेन्ट गर्नुहोस्