१५ असार २०८३, सोमबार
इक्वेडरको अपराजित यात्रा समाप्त

१२ वर्षपछि विश्वकपमा फर्किएको आइभोरी कोस्टको सानदार शुरूआत

असार १, २०८३
काठमाडौं
१२ वर्षपछि विश्वकपमा फर्किएको आइभोरी कोस्टको सानदार शुरूआत

अफ्रिकी राष्ट्र आइभोरी कोस्टले फिफा विश्वकप २०२६ मा सानदार शुरूआत गरेको छ। सोमबार बिहान अमेरिकाको फिलाडेल्फियामा सम्पन्न खेलमा आइभोरी कोस्टले बलियो दक्षिण अमेरिकी प्रतिद्वन्द्वी इक्वेडरलाई १–० गोल अन्तरले पराजित गर्दै इतिहास रचेको हो । 

यो जितसँगै आइभोरी कोस्टले इक्वेडरको लगातार १९ खेलसम्मको अपराजित यात्रालाई समेत पूर्णविराम लगाइदिएको छ। इक्वेडर आफ्नो २०औँ खेलमा आएर पराजित भएको हो । 

१२ वर्ष लामो प्रतीक्षापछि विश्वकपको मञ्चमा फर्किएको आइभोरी कोस्टका लागि यो खेल अविस्मरणीय बन्यो। खेलको निर्धारित ९० मिनेटको अन्त्यतिर आइभोरी कोस्टले गोल गर्दै अग्रता लिएको थियो । रेफ्रीले थप गरेको इन्जुरी समयको ७ मिनेट सकिँदा पनि आइभोरी कोस्टका खेलाडीहरूले गोलको खुसीयाली मनाउन समय खर्चिएका कारण खेल केही मिनेट थप लम्बिएको थियो ।

खेलको अन्तिम क्षणमा अग्रता बनाएपछि पनि आइभोरी कोस्ट रक्षात्मक बन्नुको साटो आक्रामक रूपमा प्रस्तुत भएको थियो । खेलको अन्तिम मिनेटमा इक्वेडरको कर्नर प्रहारलाई विफल पार्दै आइभोरी कोस्टका आमद डियालो र यान डियोमान्डेले काउन्टर अट्याकमा तीव्र गतिमा बल अगाडि बढाएका थिए। यद्यपि उक्त आक्रमणबाट थप गोल हुन सकेन, तर यसले ढिलो गरी गोल गरेपछि आइभोरी कोस्टका खेलाडीहरूको मनोबल कति उच्च थियो भन्ने प्रष्ट पार्थ्यो।

salt training

कमेन्ट गर्नुहोस्