
मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन प्रहरीलाई सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई आवश्यक पर्ने कार्यालय सामग्री प्रदान गरेको हो ।
बैंकले जिल्ला प्रहरी कार्यालय, घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय— धादिङ र बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय—काँकरभिटृा, झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरू हस्तान्तरण गरेको हो ।
साथै , ट्राफिक जिल्ला प्रहरी कार्यालय— बर्दिया, गुलरियालाई रोड डिभाइडर, सचेतामूलक बोर्ड सहयोग गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त सहयोगले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ।
बैंकले आगामी दिनमा पनि समाजको दिगो विकास तथा स्थानीय समुदायको सशक्तीकरणका लागि विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।