
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।
जसमा चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्थातर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
यो बजेट चालु आर्थिक वर्षको भन्दा १२.७४ प्रतिशतले बढी हो ।
मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड, संघबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपूरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब व्यहोर्ने उल्लेख गरे ।