०७ असार २०८३, आइतबार

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार ५, २०८३
काठमाडौं
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

​७२ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ परेका यादवविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले सडक ढलान योजनाको कार्य सम्पन्नपश्चात भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत मागेका थिए ।

उक्त सूचनाका आधारमा आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

आयोगले उनीविरुद्ध ७२ हजार बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्