११ असार २०८३, बिहीबार

राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा-सर्जकलाई सम्मान

असार २, २०८३
काठमाडौं
राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा-सर्जकलाई सम्मान

नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६मा स्रष्टा सर्जकलाई सम्मान गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा अवार्डसँगै स्रष्टा सर्जकलाई सम्मान अर्पण गरिएको हो । 

समारोहमा नेपाली संगीत क्षेत्रकी दिग्गज गायिका देविका बन्दनालाई ‘रजत साधना सम्मान-२०८२’ बाट सम्मानित गरिएको थियो । उgलाई नेपाली संगीत क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।

समारोहमा वरिष्ठ अभिनेत्रीहरू बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा वरिष्ठ कलाकार मोहन निरौला लगायतले बन्दनालाई फूलमाला, खादा र सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका थिए ।

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो । गीतकार सुरेश घिमिरे ‘विशिष्ट गीतकार सम्मान-२०८२’, शिखर जंगम श्रेष्ठ ‘संगीत पत्रकारिता पुरस्कार २०८२’, कृष्णदेव रूपाखेती ‘दिग्दर्शन साधना सम्मान-२०८२’, महेशराज थापा ‘सामाजिक व्यक्तित्व सम्मान-२०८२’ तथा विनोद देवकोटा ‘पत्रकारिता सम्मान-२०८२’ बाट सम्मानित भए ।

त्यसैगरी छायाँकार सालिकराम दुलाललाई ‘कला सम्मान-२०८२’, दीपा थापालाई ‘पिम नेपाल शिक्षा सम्मान-२०८२’, सचिन भट्टराईलाई ‘युवा कलाकारिता सम्मान-२०८२’, रणजितकुमार झालाई ‘पिम नेपाल संगीतकर्मी सम्मान-२०८२’ तथा सुनिता कुबँरलाई ‘पिम नेपाल कला सम्मान-२०८२’ प्रदान गरिएको थियो ।

समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्वअध्यक्ष रविन्द्र खड्का, जनकदीप पराजुली, शिव परियार, सीताराम पोखरेललगायत कलाकार तथा स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष माधवराज खरेल तथा संयोजक कमला जोशी रहनुभएको छ भने कार्यक्रम निर्देशन सनम कठायतले गर्नुभएको थियो । अवार्डको निर्णायक मण्डलमा सन्तोष श्रेष्ठ, जुगल डंगोल, विजयरत्न तुलाधर, साहस शाक्य, प्रकाश मिश्रा, रमेश दाहाल र आशा भुसाल रहेका थिए ।

३० विधामा अवार्ड प्रदान
नेपालका विविध भाषा, संस्कृति र संगीत परम्परालाई एउटै मञ्चमा सम्मान गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०२६’ मा ३० भन्दा बढी विधामा अवार्ड तथा जुरी सम्मान प्रदान गरिएको थियो । यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय भाव गीततर्फ पुरण क्षेत्रीको ‘धर्तीको छाना’ उत्कृष्ट घोषित भयो भने गजल विधामा डिपी खनालको ‘बेकार’ पुरस्कृत भयो ।

सुगम संगीततर्फ उत्कृष्ट गीतकार पुरुषमा डा.रुद्रनाथ अधिकारी (‘आमा’), उत्कृष्ट गीतकार महिलामा गीता अधिकारी (‘माटोको सुगन्ध’), उत्कृष्ट संगीतकारमा शंकर थापा (‘बेहाल’), उत्कृष्ट गायकमा इन्द्र आरपी (‘गारो लाउन’) तथा उत्कृष्ट गायिकामा बविता मानन्धर (‘कलियुगकी राधा’) सम्मानित भए ।

लोक तथा लोकदोहोरी विधामा प्रजन बस्नेत, ऋषि खड्का, सञ्जय थापामगर तथा देवी घर्तीले अवार्ड हात पारे । यस्तै, युगल गायनतर्फ शर्मिला बर्देवा र डेभिड शंकर सम्मानित भए ।

म्युजिक भिडियोतर्फ निर्देशक राहुल शाह, छायाँकार रूपेश थापा, मोडल आर्यन सिग्देल, सृष्टि खड्का तथा नवप्रतिभा मोडलहरू उपाशना पाठक र सञ्जीवनीलाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले नेपाली संगीत क्षेत्रलाई भाषिक, सांस्कृतिक तथा भौगोलिक विविधताभित्र समेट्दै राष्ट्रिय एकताको भावलाई मजबुत बनाउन यस्ता अवार्ड कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । विशेषगरी नेपाल भाषा, मैथिली, भोजपुरी, तमाङ सेलो, डेउडालगायतका विधालाई एउटै मञ्चमा सम्मान गरिएको भन्दै सहभागीहरूले अवार्डको प्रशंसा गरेका थिए ।

नवौं संस्करणको निम अवार्डले नेपाली संगीत क्षेत्रका अग्रजदेखि नवप्रतिभासम्मलाई सम्मान गर्दै सिर्जनशीलता, समावेशिता र सांस्कृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ ।

लोकान्तरकर्मी देवकोटा सम्मानित

लोकान्तरकर्मी विनोद देवकोटा सम्मानित भएका छन् । काठमाडौंमा आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)मा देउकोटालाई ‘पत्रकारिता सम्मान २०८२’ बाट विभूषित गरिएको हो । 
समारोहमा वरिष्ठ अभिनेत्रीहरू बसुन्धरा भुसाल, भुवन चन्द, चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा वरिष्ठ कलाकार मोहन निरौलालगायतले देवकोटालाई फूलमाला, खादा र सम्मानपत्र प्रदान गरे । देवकोटाले नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको आयोजकले जनाएको छ । 

null

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।

समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्वअध्यक्ष रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, गायक शिव परियार, सीताराम पोखरेल लगायत कलाकार तथा स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका अध्यक्ष माधवराज खरेल तथा संयोजक कमला जोशी रहेको कार्यक्रम निर्देशन सनम कठायतले गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्