
चितवनको भरतपुरस्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई खाद्य गुणस्तरमा लापरबाही गरेको आरोपमा तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले होटलमा अम्लेट खाने क्रममा माछाको काँडा फेला परेपछि प्रशासनले अनुगमन गरेको थियो।
अनुगमनका क्रममा गुणस्तरहीन खाने तेल प्रयोग गरिएको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने किसिमका खाद्य सामग्री बिक्री गरिएको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत कसुर गरेको ठहर गर्दै होटललाई तीन लाख रुपैयाँ जरिवाना गर्नुका साथै बरामद खाद्य सामग्री नष्ट गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।