२३ असार २०८३, मंगलबार
बन्दीप्रत्यक्षीकरण रिट

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

असार ११, २०८३
काठमाडौं
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।​​

पौडेलका तर्फबाट पत्नी दोमायाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

राजनीतिक प्रतिशोध राखेर बिनाकुनै प्रमाण र आधारमा पौडेललाई पक्राउ गरेएको भन्दै रिटमा रिहाइको माग गरिएको थियो ।

प्रहरीले गत सोमबार​ जरूरी पक्राउ पूर्जी दिएर उनलाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

मंगलवार विशेष अदालतले जरूरी पक्राउ पूर्जीको समर्थन दिनुका साथै हिरासतमा राखी थप अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्