२१ असार २०८३, आइतबार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

असार १८, २०८३
काठमाडौं
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
फाइल फोटो

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गरिएको रिट खारेज गरेको छ।

न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार रिट खारेज गर्ने अन्तिम निर्णय सुनाएको हो ।

पौडेलकी श्रीमती दोमाया पौडेलले असार १० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

पौडेललाई बिहीबारमात्रै विशेष अदालतले थप ६ दिन अनुसन्धानका लागि म्याद दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि प्रहरीले उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्