२४ असार २०८३, बुधबार

इंग्ल्याण्ड र मेक्सिकोबीचको खेल समय परिवर्तन गर्ने फिफाको प्रस्ताव

असार २०, २०८३
काठमाडौं
इंग्ल्याण्ड र मेक्सिकोबीचको खेल समय परिवर्तन गर्ने फिफाको प्रस्ताव

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को इंग्ल्याण्ड र मेक्सिकोबीचको खेलको समय परिवर्तन गर्ने विषयमा अहिले तीव्र बहस सुरु भएको छ। 

सोमबार मेक्सिको सिटीमा हुने तय भएको यो खेल खराब मौसमको पूर्वानुमानका कारण निर्धारित समयभन्दा अगाडि सार्ने फिफाको तयारी सार्वजनिक भएसँगै दुवै टोलीका अधिकारीहरू आक्रोशित बनेका छन् । 

सुरुको तालिका अनुसार यो खेल स्थानीय समय अनुसार आइतबार साँझ ६ बजे हुने तय थियो। तर, उक्त समयमा भीषण हावाहुरी र चट्याङ पर्ने मौसम पूर्वानुमानका कारण फिफाले खेललाई दिउँसो १२ बजे नै सुरु गर्न प्रस्ताव गरेको छ। फिफाको सुरक्षा नियमानुसार रङ्गशालाको ८ माइल क्षेत्रभित्र चट्याङ परेमा खेल अनिवार्य रूपमा ३० मिनेटका लागि रोक्नुपर्ने हुन्छ, जसले गर्दा खेलमा ठूलो अवरोध आउन सक्ने फिफाको तर्क छ।

मेक्सिकोका मुख्य प्रशिक्षक ह्याभियर एगिरेले यस प्रस्तावित परिवर्तनप्रति आपत्ति जनाउँदै यसलाई "पेटमा लात्ती हानेको" जस्तै भएको टिप्पणी गरे । उनले अन्तिम समयमा आएर खेलको समय परिवर्तन गर्दा टोलीको सम्पूर्ण तयारी र कार्यतालिका बिग्रने गुनासो गरे। यता, इंग्ल्याण्डका विङ्गर मार्कस रासफोर्डले भने समय परिवर्तन आदर्श नभए पनि आफ्नो टोली जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए । 

यो खेल समयको फेरबदलले रङ्गशालामा पुग्ने हजारौं समर्थकहरूलाई पनि अन्योलमा पारेको छ। विशेषगरी ७,२२० फिटको उचाइमा रहेको एस्टेडियो एमा दिउँसोको समयमा खेल्दा उच्च तापक्रम र पातलो हावाका कारण खेलाडीहरूलाई थप कठिन हुने ठानिएको छ।

हाल फिफा, फुटबल एशोसिएशन र मेक्सिकन फुटबल अधिकारीहरूबीच यस विषयमा छलफल जारी छ। यद्यपि, फिफाले आधिकारिक रूपमा समय परिवर्तनको अन्तिम निर्णय भने गरिसकेको छैन। 

salt training

कमेन्ट गर्नुहोस्