
मन्त्रीको जवाफबाट चित्त नबुझेको भन्दै प्रतिप्रश्न खोजेका श्रम संस्कृति पार्टीका हर्क साम्पाङलाई (हर्कराज राईलाई) सभामुखले समय नदिएपछि संसद्मा सवालजवाफ चलेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएपछि साम्पाङले प्रश्न सोधेका थिए । तर, मन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनले प्रतिप्रश्न गर्न खोजे ।
सभामुखले स्पष्टीकरणको सम्बन्धमा स्पष्टीकरण नहुने भन्दै हर्कलाई बस्न आग्रह गरे । तर हर्क बसेनन् ।
त्यसपछि रास्वपा सांसद मनिष झाले नियमापत्ति गर्दै नियमावलीको व्यस्थातर्फ ध्याानकर्षण गराए । उनले हर्कको नामै नलिइ बालहठ नगर्न सुझाव दिए ।
त्यसपछि सभामुखले हर्कलाई बस्न आदेश दिए । तर हर्क र उनको पार्टीका सांसदले उठेर विरोध जनाए ।
श्रम संस्कृति पार्टीका सांसदको विरोधकाबीच कृषि मन्त्री गीता चौधरीले संसद्मा बजेटमाथिको प्रश्नको जवाफ दिइन ।
संसद्मा श्रम संस्कृति पार्टीका ६ सांसद छन् ।