२९ जेठ २०८३, शुक्रबार

मन्त्री पुनले गरे पहिल्यै दिन यस्ता निर्णय

जेठ २८, २०८३
काठमाडौं
मन्त्री पुनले गरे पहिल्यै दिन यस्ता निर्णय

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कार्यभार सम्हालेको पहिलो दिनमै मन्त्रालयको जग बसाल्ने गरी केही महत्त्वपूर्ण र रणनीतिक निर्णयहरू गरेका छन् । कार्यभार सम्हापछि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना निर्णय र भावी योजनाहरू सार्वजनिक गर्दै उनले मन्त्रालयमा सबै कुरा शून्यबाट शुरू गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारेका छन् । 

मन्त्रालय चलाउन अन्य स्थापित मन्त्रालयहरूजस्तो संरचना र प्रशासनिक प्रबन्ध पहिल्यैदेखि तयारी अवस्थामा नरहेको उनले उल्लेख गरेका छन् ।

मन्त्रालयको कामकारबाहीलाई कानुनी दायरा र स्पष्ट मार्गनिर्देशन दिन सर्वप्रथम 'विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन' ल्याउने निर्णय गरिएको उनले जानकारी दिए । यसका लागि आवश्यक कानुनी मस्यौदा अर्थात् विधेयक निर्माणको कार्यलाई तत्काल अगाडि बढाउने निर्णय पहिलो दिनकै बैठकले गरेको उनको भनाइ छ । ऐनले आगामी दिनमा देशभित्र हुने वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनका कार्यहरूलाई व्यवस्थित र निर्देशित गर्नेछ।

नयाँ मन्त्रालय भएकाले यसलाई सुचारु र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक जनशक्तिको आकलन गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन् । मन्त्रालयमा कति कर्मचारी आवश्यक पर्ने, दरबन्दीको संरचना कस्तो हुने र मन्त्रालयको कामलाई कसरी छिटो, छरितो एवं प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत सर्वेक्षण (सर्भेक्षण) गर्ने निर्णय मन्त्री पुनले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्