०५ असार २०८३, शुक्रबार
संसद्‌मा अवरोध

श्रम संस्कृति पार्टीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

असार ३, २०८३
काठमाडौं
श्रम संस्कृति पार्टीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित
फाइल फोटो

श्रम संस्कृति पार्टीका सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने कार्यक्रम चलिरहेको समयमा बुधवार श्रम संस्कृति पार्टीका सांसदले नाराबाजी गरेका थिए ।

श्रम संस्कृति पार्टीका सांसदले वेल घेर्दै नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

त्यसअघि संसदमा श्रम संस्कृति पार्टीका सांसद हक साम्पाङ र सभामुखबीच सवाल जवाफ भएको थियो ।

सभामुखले बस्न आदेश गरेपछि झोक्किएका हर्कले ‘इतिहासले मूल्याङ्कन गर्छ भन्दै’ चर्को बोलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्