०४ असार २०८३, बिहीबार

मन्त्रीलाई लिखित प्रश्न सोध्न सकिने भएपछि हट्यो संसद्को अवरोध

असार ३, २०८३
काठमाडौं
मन्त्रीलाई लिखित प्रश्न सोध्न सकिने भएपछि हट्यो संसद्को अवरोध

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक करिब १ घण्टापछि सुचारू भएको छ ।

आजको दोस्रो बैठकको कारबाही शुरू हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

तर सभामुख डीपी अर्यालले शून्य, विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ मन्त्रीलाई दिन निर्देशन दिइसकेकाले आसन ग्रहण गर्न आग्रह गरेका थिए ।

साथै मन्त्रीलाई लिखित प्रश्न सोध्न सकिने सभामुखले जानकारी गराएपछि श्रम संस्कृति पार्टीका सांसदहरू आ-आफ्नो आसनमा बसेका थिए ।

त्यसपछि बैठक सुचारू भएको हो ।

अहिले मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेको छ ।

आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार विरोध गरेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्