०४ असार २०८३, बिहीबार

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

असार ३, २०८३
काठमाडौं
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ताको जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राईविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार राईले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिन कक्षा ८ र एसएलसीको लब्धांक पत्र (मार्कसिट) तथा चरित्र प्रमाणपत्रसम्बन्धी झुट्टा र नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेकी थिइन् ।

अनुसन्धानका क्रममा उनले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा राष्ट्रसेवक पदमा नियुक्ति प्राप्त गरी सरकारी सेवा सुविधा समेत लिएको पुष्टि भएपछि आरोपपत्र पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनअनुसार कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता न्यौपानेले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्