१३ असार २०८३, शनिबार

काठमाडौं महानगरले प्रदूषण कम र सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने

असार ४, २०८३
काठमाडौं
काठमाडौं महानगरले प्रदूषण कम र सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनालाई उच्च प्रथामिकतामा राखेको छ । 

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्दै यो उल्लेख समावेश गरेको हो ।

‘फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्य क्रमलाई प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई उच्च प्राथामिकतामा राखिएको छ,’ प्रस्तावित बजेटमा भनिएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिका क्षेत्रभित्र प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक महत्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननी लगायतका सम्पदा स्थलहरूको संरक्षण कार्य एवम् मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्