०९ असार २०८३, मंगलबार

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रको सुरुवाती अग्रता

असार ४, २०८३
काठमाडौं
दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रको सुरुवाती अग्रता

फिफा विश्वकपको समूह 'ए' अन्तर्गत एट्लान्टा स्टेडियममा जारी खेलको पहिलो हाफमा चेक गणतन्त्रले दक्षिण अफ्रिकाविरुद्ध १–० को अग्रता बनाएको छ।

खेल सुरु भएको ६ मिनेटमै ए. सोज्काको पासमा एम. साडिलेकले गोल गर्दै चेक गणतन्त्रलाई सुरुवाती सफलता दिलाएका हुन्।
दक्षिण अफ्रिकाले पहिलो हाफभरि बलमा राम्रो नियन्त्रण राखे पनि गोल गर्ने सुन्दर अवसरहरू सिर्जना गर्न सकेन। दक्षिण अफ्रिकाका खेलाडीहरूले केही लामो दूरीका प्रहार गरे पनि ती निशानामा पर्न सकेनन्।

 पहिलो हाफको अन्तिम समयमा दक्षिण अफ्रिकाले गोल गर्ने प्रयास गरे पनि चेक टोलीको रक्षापङ्क्तिले त्यसलाई विफल तुल्याएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्