
आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान दक्षिण कोरियालाई १-० ले हराउँदै मेक्सिको नकाउट चरणमा प्रवेश गरेको हो ।
समूह ए मा लगातार दुई खेल जितेको मेक्सिकोको ६ अंक छ ।
खेलको दोस्रो हाफमा लुइस रोमोले गरेको उत्कृष्ट गोलको मद्दतले सह-आयोजक मेक्सिको विश्वकप २०२६ को नकआउट चरणका लागि छनोट हुने विश्वकै पहिलो राष्ट्र बनेको हो ।
अर्कोतर्फ, खेलको अन्तिम समयतिर दक्षिण कोरियाले पुनरागमनको केही प्रयास गरे पनि त्यो निकै ढिलो भइसकेको थियो र टोलीका लागि पर्याप्त हुन सकेन।
यसअघि समूह 'ए' कै अर्को खेलमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।
दक्षिण कोरियाको अघिल्लो चरण प्रवेशको सम्भावना अब अन्तिम खेलमा निर्भर रहनेछ।