
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
बिहीबार प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १० हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।