०५ असार २०८३, शुक्रबार

किर्ते दस्तखत गरी रकम निकाल्ने खेलकुद विकास समितका पूर्वअध्यक्ष पक्राउ

असार ५, २०८३
विराटनगर
किर्ते दस्तखत गरी रकम निकाल्ने खेलकुद विकास समितका पूर्वअध्यक्ष पक्राउ

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले किर्ते दस्तखत गरी बैंक खाताबाट रकम निकासा गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। 

जिल्ला खेलकुद विकास समिति तेह्रथुमका सदस्य सचिवको किर्ते दस्तखत प्रयोग गरी नेपाल बैंक लिमिटेडमा रहेको २५ लाख ७९ हजार ६ सय ९६ रुपैयाँ अन्य खातामा ट्रान्सफर गरी निकासा गरेको आरोपमा खेलकुद विकास सिमितिका पूर्वअध्यक्ष राजेन्द्र बराललाई पकाउ गरिएको हो । 

आफैँ खेलकुद विकास समितिका सदस्य सचिवको हस्ताक्षर गरेर रकम निकालेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिए ।

समितिको खाता अध्यक्ष र सचिवको संयुक्त हस्ताक्षर चल्ने गर्छ । उनले सचिवलाई जानकारी नगराई पैसा निकालेर आफ्नो खातामा जम्मा गरेको देखिएको ठाकुरले बताए । 

के प्रयोजनका लागि निकालिएको भन्ने नखुलेको उनले बताए । उनले गत भदौ ४ गते पैसा निकालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्