१० असार २०८३, बुधबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

असार ५, २०८३
काठमाडौं
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट (कैलाली)लाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय : 

१. नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने।

२. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपालप्रसाद भट्ट, कैलालीलाई नियुक्त गर्ने।

३. सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

४. बचत तथा ऋण सहकारी नियमन तथा सुपरीवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने।

५. राष्ट्रिय सेवा दलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने।

६.संघीय संसद समक्ष देहायका प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति प्रदान गर्ने।

क, सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक।

ख, सार्वजनिक खरीद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक।

ग, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक।

घ, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक।

salt training

कमेन्ट गर्नुहोस्