०६ असार २०८३, शनिबार

कोशी, गण्डकी र बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो लहर कायम रहने

असार ६, २०८३
काठमाडौं
कोशी, गण्डकी र बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो लहर कायम रहने

 जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही भू-भागमा मनसुनी प्रभाव रहेको छ भने अन्य क्षेत्रमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार दिउँसो देशका हिमाली तथा पहाडी भू-भाग र कोशी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका केही स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था कायम रहनेछ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन रहने सम्भावना छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्