०७ असार २०८३, आइतबार

रास्वपा महाधिवेशन– उद्‌घाटनस्थलमा पुग्दै रवि र बालेनसहितका नेताहरू, गगन थापा केही बेरमा पुग्ने

असार ७, २०८३
काठमाडौं
रास्वपा महाधिवेशन– उद्‌घाटनस्थलमा पुग्दै रवि र बालेनसहितका नेताहरू, गगन थापा केही बेरमा पुग्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको उद्‌घाटन केही बेरमा हुँदैछ । आइतबार दिउँसो १ बजे चितवनको गेष्ट हाउस चोकमा उद्‌घाटन हुन लागेको हो ।

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), रास्वपा सभापति रवि लामिछानेलगायतका नेताहरू उद्‌घाटनस्थलमा पुग्दैछन् ।

दोस्रो तहका नेता र प्रतिनिधि पुगिसकेका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापा पनि महाधिवेशन स्थलमा पुग्दैछन् । अन्य दलका नेताहरू पनि चितवनमा पुगिसकेका छन् ।

आइतबार दिउँसो १ बजे महाधिवेशनको उद्‌घाटन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्