१२ असार २०८३, शुक्रबार
चितवनमा अमरेशको खोजी

रास्वपा महाधिवेशनमा किन सहभागी भएनन् अमरेश ?

असार ८, २०८३
काठमाडौं
रास्वपा महाधिवेशनमा किन सहभागी भएनन् अमरेश ?

५ महिना अगाडि पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन बहिष्कार गरेका छन् ।

सरकारका काम कारबाहीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका अमरेश रास्वपा महाधिवेशनमा अनुपस्थित भएको विषयलाई चासोका साथ हेरिएको छ ।

चितवनमा जारी रास्वपाको महाधिवेशनमा अमरेशको अनुपस्थितिलाई प्रतिनिधिहरूले सोधीखोजी गरिरहेका छन् । खासगरी मधेश प्रदेशका प्रतिनिधिले उनको अनुपस्थितिप्रति चासो र जिज्ञासा राखिरहेका छन् ।

सम्भावित राजनीतिक घटनाक्रमको आँकलन गरेरै उनी रास्वपा महाधिवेशनमा सहभागी नभएको अमरेश निकट स्रोतले जानकारी दियो ।

'आगामी दिनको राजनीतिक सम्भाव्यता गहिरोसँग अध्ययन गरेको कारणले उहाँ महाधिवेशनमा नजानुभएको हुनसक्छ,' स्रोतले भन्यो, 'रणनीतिक रूपमै उहाँ महाधिवेशनमा अनुपस्थित हुनुभएको मेरो बुझाइ छ ।'

तर, यस विषयमा बुझ्न पटक-पटक प्रयास गर्दा पनि अमरेशसँग सम्पर्क हुन सकेन ।

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका अमरेश बलिदानी दिवसको अवसर पारेर गत माघ ५ गते जनकपुरमा आयोजित भव्य समारोहमा रास्वपा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेको भोलिपल्ट अमरेशले बालेनलाई जानकी मन्दिरको दर्शन गराएका थिए ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही-४ बाट रास्वपा उम्मेदवार बनेका अमरेशले नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेर संसद्‌मा आएका थिए । रास्वपाबाट निर्वाचित भए पनि उनले संसद्‌मा सरकारका काम र कार्यशैलीको आलोचना गर्दै आएका छन् ।

null

गत जेठ ५ गते प्रतिनिधिसभा बैठकमै अमरेशले सरकारको कार्यशैलीका कारण मधेशमा जनआक्रोश विस्फोटको अवस्थामा पुगेको बताएका थिए । 

‘म भर्खर हिजो मात्र निर्वाचन क्षेत्रबाट फर्केर आएँ, सरकारलाई विनम्रतापूर्वक आग्रह गर्छु- मधेश विस्फोटको स्थितिमा छ,’ बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अमरेशले भनेका थिए, ‘विस्फोट हुनुभन्दा पहिले त्यसको उपचार गरौं । किनभने न सत्तामा उसको अनुहार छ, न कुनै नियुक्तिमा । यस्तो ढंगले राज्य चल्दैन ।’

पछि जेठ २८ गते पनि उनले सरकारको बजेटको आलोचना गर्दै हावाले भरिएको बेलुनको संज्ञा दिएका थिए । बजेटको आकार र यसको विश्वस्ततामाथि प्रश्न उठाउँदै अमरेशले संसद्‌मा भनेका थिए– ‘साउथ एसियामा कुनै देश छैन– जहाँ जीडीपीको ३२/३३ प्रतिशतको बजेट बनाइन्छ । यो आफैंमा एउटा ठूलो फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छ ? मलाई विश्वास छैन, अरू साथीहरूलाई होला ।’ 

तत्कालीन संविधानसभाको सदस्य समेत रहेका अमरेशले प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदललाई समेत चुनौती दिएका थिए ।

‘यो संविधान संशोधन हुनेवाला छैन, बरु व्यवस्था नै संकटमा परिसकेको छ । व्यवस्था बचाउनका लागि पहिले लोकतन्त्र जोगाउन छलफल हुनुपर्छ,’ असार २९ गते ललितपुरमा आयोजित कार्यक्रममा अमरेशले भनेका थिए । 

रास्वपा महाधिवेशनमा अमरेशको अनुपस्थितिले मधेशमा एकखालको तरङ्ग उठेको विश्लेषण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्