३२ असार २०८३, बिहीबार

महामन्त्रीमा पराजित भएपछि मनिष झा- आजदेखि केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु

असार १२, २०८३
काठमाडौं
महामन्त्रीमा पराजित भएपछि मनिष झा- आजदेखि केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्रीका उम्मेदवार मनिष झाले केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने बताएका छन् ।

रास्वपाको महामन्त्रीमा पराजित भएपछि शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले विपिन आचार्यलाई बधाई दिँदै अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने बताए ।

'मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो । रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो । नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु । महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिनलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु। म आजदेखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु,' उनले लेखेका छन्, 'सबैको सधैं जय होस् । जय देश, जय घण्टी !'

salt training

कमेन्ट गर्नुहोस्