
नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ वटा उपसमिति संयोजक चयन गरेको छ ।
पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको पाँचौं बैठकले उनीहरूलाई चयन गरेको हो ।
चयन हुनेहरूमा अपांगता संवाद, समन्वय र सशक्तीकरण उपसमिति संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरण उपसमिति संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमिति संयोजकमा डा. डीबी सुनार, पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमिति संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमिति संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमिति संयोजकमा सीताराम काफ्ले रहेका छन् ।
प्रतिष्ठानलाई प्रभावकारी बनाउनका लागि उपसमिति संयोजक चयन गरिएको कांग्रेसले जनाएको छ ।
