०२ साउन २०८३, शनिबार

‘बालेनका पुलिस होइनौं’ भन्ने डीएसपीलाई जिल्ला झिकाएको विषयमा कांग्रेस सांसदको आपत्ति

असार २५, २०८३
काठमाडौं
‘बालेनका पुलिस होइनौं’ भन्ने डीएसपीलाई जिल्ला झिकाएको विषयमा कांग्रेस सांसदको आपत्ति

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नाम लिएर अभिव्यक्ति दिएका नेपाल प्रहरीका एक डीएसपीलाई जिल्ला झिकाएको विषयमा कांग्रेस सांसदले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा यस घटनाबारे बोल्दै कांग्रेस सांसद खड्ग शाहीले सरकारले अधिनायकवादी शैली अपनाएको बताए । 

उनले सरकारले कर्मचारीदेखि लिएर सबै क्षेत्रमा त्रास जन्माएको टिप्पणी गरे ।

‘राष्ट्रसेवक व्यक्तिले हामी राजनीतिक नेतृत्वको नभइ कानूनको सेवक हौं भन्नु गलत हो ? सो भनाइप्रति डीएसपीले सजाय खानुपर्ने हो ?’, सांसद शाहीले भने ।

कैलालीको इलाका प्रहरी कार्यालय सुखड कैलालीका डीएसपी प्रसन्नराज चौधरीले लागूऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो । केपी ओलीलाई समाउने पुलिस पनि यही हो’ भनेका थिए ।

उनको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली  झिकाइएको छ । 

विद्यार्थीलाई सिकाउने क्रममा डीएसपी चौधरीले नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपतिले समेत लगाउन नपाउने उल्लेख गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्