
पर्वतको कुश्मा नगरपालिका ९ एकोहोरे पाठास्थित दोबिल्ला-फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर शनिबार अन्दाजी २:३० बजे आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक पर्वतको कुश्मा नगरपालिका ७ बस्ने अन्दाजी २८ वर्षीय सुजन नेपाली र कुश्मा नगरपालिका ९ साइकलचोक बस्ने अन्दाजी १४ वर्षीय शिशिर लामिछाने रहेका छन् ।
गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको हो ।
घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका १७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जाएको छ ।