०५ साउन २०८३, मंगलबार

६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ लागू गर्ने सरकारी लक्ष्य

साउन २, २०८३
काठमाडौं
६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ लागू गर्ने सरकारी लक्ष्य

सरकारले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।

यसअन्तर्गत शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ। 

परीक्षण सफल भएपछि आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको सहयोगमा कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै कम्प्युटर, थर्मल प्रिन्टर, क्यूआर स्क्यानरलगायत आवश्यक उपकरण उपलब्ध गराइनेछ। विद्युत् तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोस्टहरूमा पनि क्रमशः ई–टिकेटिङ सेवा विस्तार गरिने योजना छ।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ई–टिकेटिङ प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीले सहज सेवा पाउने बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्