११ असार २०८३, बिहीबार
रास्वपा महाधिवेशन

प्रतिनिधि चयन विवादले रास्वपा महाधिवेशनको बन्दसत्र स्थगित, भोलि बिहानदेखि शुरू हुने

'अन्तिम नामावली आजै प्रकाशन गर्छौं'
असार ८, २०८३
काठमाडौं
प्रतिनिधि चयन विवादले रास्वपा महाधिवेशनको बन्दसत्र स्थगित, भोलि बिहानदेखि शुरू हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आजका लागि तय भएका सबै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।

प्रतिनिधि चयनमा विवाद देखिएपछि बिहान साढे ८ बजेबाट शुरू हुने भनिएको बन्द सत्र साँझ ६ बज्दा पनि शुरू हुन सकेको छैन ।

आजका लागि तय भएका सबै प्रक्रिया स्थगित गरेर अन्तिम नामावली मात्रै प्रकाशन गरिने निर्वाचन आयोग उपप्रमुख राम गुरुङले जानकारी दिए ।

'अन्तिम नामावली प्रकाशनका लागि अहिले पनि छलफल भइरहेको छ,' उनले भने, 'आजका लागि तय भएका सबै कार्यक्रम स्थगित गरेर अन्तिम नामावली मात्रै प्रकाशन गर्ने तय भएको छ ।'

उनका अनुसार बाँकी निर्वाचन प्रक्रिया भोलि बिहानबाट शुरू हुने छ । 

salt training

कमेन्ट गर्नुहोस्