
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै फुटबल इतिहासमा नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
डल्लासमा भएको खेलमा ३८औँ मिनेटमा गोल गर्दै मेस्सी विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन्।
यो खेलसँगै मेस्सीले विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १७ पुर्याएका छन्। यसअघि जर्मनीका मिरोस्लाभ क्लोजले १६ गोल गरेका थिए ।
यसका साथै, उनी विश्वकपका लगातार ६ खेलमा गोल गर्ने इतिहासकै तेस्रो खेलाडी समेत बनेका छन्। यसअघि सन् १९५८ मा फ्रान्सका जस्ट फन्टेन र १९७० मा ब्राजिलका जाइरजिल्होले मात्र विश्वकपका लगातार ६ खेलमा गोल गर्ने सफलता पाएका थिए।