१० असार २०८३, बुधबार

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

असार ९, २०८३
ललितपुर
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतहरूको ४०औँ आधारभूत प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उनले स्वार्थ केन्द्रित नभई राष्ट्रसेवामा आफूलाई समर्पित गर्नुपर्ने बताए ।

पदको गरिमा कायम राख्दै नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै मुख्यसचिव अर्यालले भने, 'राज्यको नीति र लक्ष्यअनुसार काम गर्दा कर्मचारीले आफ्नो स्वार्थभन्दा माथि उठेर पारदर्शी, जिम्मेवार र सेवामुखी हुनुपर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्