१२ असार २०८३, शुक्रबार

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा​

असार ९, २०८३
काठमाडौं
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा​

कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको वृहत् श्रृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।

शोरुमको औपचारिक उद्‌घाटन यही असार ८ गते सोमबार गरिएको हो ।​

उद्‌घाटन समारोहमा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेस्डर दिव्या रायमाझीलगायतको उपस्थिति रहेको थियो ।​

आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस शोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

null

यसले ग्राहकहरूलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजहरूलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउनेछ ।

उद्‌घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने, 'शिव शक्ति बिजनेस हाउससँगको यो सहकार्य जोरपाटी, नारायणटार र यस आसपासका द्रुत रूपमा विकास भइरहेका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो । हाम्रो विश्वस्तरीय कलेक्सनलाई स्थानीय बासिन्दाहरूको नजिकै पुर्‍याएर हामी उहाँहरूको घर निर्माण प्रक्रियालाई सहज बनाउन र आफ्ना कोठा तथा घरहरूलाई थप आकर्षक बनाउनका लागि उत्कृष्ट एवं आधुनिक डिजाइनका सर्फेसिङ सामग्रीहरू उपलब्ध गराउन चाहन्छौं ।'​

नारायणटार, जोरपाटीस्थित दक्षिणढोकामा सहज पहुँच हुने गरी स्थापना गरिएको शोरुम अहिले पूर्णरूपमा सञ्चालनमा आइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्