१२ असार २०८३, शुक्रबार

एमजी कम्युट ईभी नेपालमा सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

असार १२, २०८३
काठमाडौं
एमजी कम्युट ईभी नेपालमा सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

जेएसडब्लू एमजी मोटर इन्डिया र नेपालका आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि (गोल्छा अर्गनाइजेशन) ले नेपालमा नयाँ विद्युतीय सवारी एमजी कम्युट ईभी सार्वजनिक गरेका छन् ।

कम्पनीले यसलाई 'स्वर्णिम अवसर'को अवधारणासहित नेपाली बजारमा ल्याएको हो ।

शुरूआती मूल्य ३४ लाख ९९ हजार निर्धारण गरिएको यो १०० किलोवाट क्षमताको ठूलो क्रसओभर युटिलिटी भेहिकल (सीयूभी) परिवार, होटल, रिसोर्ट, ट्राभल सेवा तथा कर्पोरेट फ्लीटका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भ, 'स्वर्णिम अवसर भनेको अहिलेको सन्दर्भमा नेपालका लागि कम्युट ईभी नै हो । बजेट संशोधनपछि यो अझ उपयुक्त विकल्प बनेको छ । यो कम मूल्यमा उपलब्ध शक्तिशाली र ठूलो गाडी हो, जसमा अनावश्यक सुविधा थपेर लागत बढाइएको छैन । आराम, पर्याप्त स्थान र समयलाई प्राथमिकता दिने ग्राहकका लागि यो उत्कृष्ट विकल्प हो ।'

उनका अनुसार गाडीमा पर्याप्त लगेज स्पेस र लेगरुम, आरामदायी सिट तथा सहज र किफायती स्पेयर पार्ट्स उपलब्ध गराइएको छ ।

एमजीको विद्युतीय प्लेटफर्ममा आधारित कम्युट ईभीले एक पटकको पूर्ण चार्जमा ३३२ किलोमिटरसम्म (एमआईडीसी प्रमाणित) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ ।

सवारीको भित्री संरचना यात्रु केन्द्रित बनाइएको छ ।

यसमा १३५ डिग्रीसम्म झुकाउन मिल्ने सिट, बहु-यात्रु यात्रालाई सहज बनाउने फ्ल्याट लेआउट तथा ६०४ लिटर क्षमताको फराकिलो लगेज स्पेस उपलब्ध छ ।

कम्पनीका अनुसार यो सवारी व्यक्तिगत प्रयोगभन्दा बढी होटल ट्रान्सफर, विमानस्थल पिकअप तथा कर्मचारी आवतजावतलाई लक्षित गरी विकास गरिएको हो ।

नेपालको आतिथ्य तथा पर्यटन क्षेत्र विस्तार भइरहेका बेला कम खर्च र यात्रुको सहजतालाई ध्यानमा राखेर यस्तो सवारीको माग बढिरहेको कम्पनीको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्