२४ असार २०८३, बुधबार
सरकारको हस्तक्षेपले एन्फा निलम्बित

विश्वकप चलिरहँदा नेपाली फुटबल फिफाको निलम्बनमा

असार ११, २०८३
काठमाडौं
विश्वकप चलिरहँदा नेपाली फुटबल फिफाको निलम्बनमा

विश्वकप फुटबलको माहोल तातिरहँदा नेपाली फुटबल भने विश्व फुटबल महासंघ (फिफा) को निलम्बनमा परेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको भन्दै फिफाले नेपाली फुटबललाई निलम्बन गरेको हो ।

एन्फाका महासचिव किरण राईले पनि फिफाले नेपाली फुटबललाई निलम्बन गरेको स्वीकार गरे । 

उनले बिहीबार बिहान फिफाबाट यस्तो जानकारी प्राप्त भएको बताए ।

निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लबहरू औपचारिकरूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउँदैनन् । 

salt training

कमेन्ट गर्नुहोस्