
चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ । गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमण परी आमा–छोराको ज्यान गएको थियो ।
चितवनको माडी नगरपालिका वडा नम्बर १ घर भइ हाल भरतपुर महानगरपालिका २३ बेलहट्टा २५ वर्षिया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो ।
हात्तीलाई नियन्त्रणमा लिन निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरी चौबीसै घण्टा अनुगमन गरिरहेको वन मन्त्रालयले जनाएको छ। हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेको खण्डमा डार्ट गरी रेडियो कलर जडान गर्ने तयारी छ । हात्तीलाई चौबीसै घण्टा निगरानी गरिने बताइएको छ ।