०६ साउन २०८३, बुधबार
डीआईजीदेखि इन्स्पेक्टरसम्म फेरबदल

किन गरियो अख्तियारमा रहेका प्रहरीको सेटै परिवर्तन ?

असार २१, २०८३
काठमाडौं
किन गरियो अख्तियारमा रहेका प्रहरीको सेटै परिवर्तन ?

गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीको अनुसन्धान टोलीमा व्यापक फेरबदल गरेको छ । डीआईजीको नेतृत्व परिवर्तनसँगै एसपी, डीएसपी र इन्स्पेक्टरसहित एक दर्जनभन्दा बढी प्रहरी अधिकारीलाई आयोगबाट फिर्ता बोलाउँदै नयाँ टोली खटाइएको छ ।

गृह मन्त्रालयले अख्तियारमा कार्यरत डीआईजी शेखर खनाललाई नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरेको छ । कार्य विभागमा रहेका डीआईजी अरुण पौडेललाई भने अख्तियारमा पठाइएको छ ।

डीआईजीको सरुवासँगै आयोगमा काजमा रहेका एसपी मोहन थापालाई पनि फिर्ता बोलाइएको छ । उनको स्थानमा संयुक्त राष्ट्रसंघ (यूएन) शाखामा कार्यरत एसपी सुधिरराज शाहीलाई खटाइएको छ ।

फिर्ता बोलाइएका डीएसपीहरूमा उमेश लम्साल, मदनजित महरा, गौतम थापा, दीपककुमार कार्की र भीम खड्का छन् । त्यस्तै, इन्स्पेक्टरहरु क्रमश: ज्ञानमञ्जरी शर्मा, हिमबहादुर केसी, किशोर केसी, सुजन पाठक, रामजी देवकोटा, फुलमाया घिसिङ, साकारराज पन्त, श्यामसुन्दर पाठक र उमेश श्रेष्ठलगायतलाई पनि आयोगबाट फिर्ता गरिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यो नियमित सरुवा नभई अख्तियारमा कार्यरत प्रहरी टोलीको पुनर्गठन गर्ने उद्देश्यले गरिएको व्यापक फेरबदल हो ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले समन्वय गरेर नेतृत्वदेखि अनुसन्धान टोलीसम्म एकैपटक हेरफेर गरेको हो । भ्रष्टाचार मुद्दा एवं आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानको कार्यसम्पादन र प्रभावकारितामाथि प्रश्न उठेपछि अख्तियारमा कार्यरत प्रहरी टोलीमा व्यापक फेरबदल गरिएको हो ।

‘अख्तियारमा कार्यरत प्रहरी संरचनाको यस प्रकारको सामूहिक हेरफेर सामान्य होइन’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘अख्तियारको अनुसन्धानको सूचना बाहिरिन थालेपछि लामो समय काम गरेकालाई हटाइएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्