०९ साउन २०८३, शनिबार

अमेरिकामा ३० वर्ष माथिका सैनिकको अनिवार्य 'टेस्टोस्टेरोन' परीक्षण गरिने

साउन ६, २०८३
काठमाडौं
अमेरिकामा ३० वर्ष माथिका सैनिकको अनिवार्य 'टेस्टोस्टेरोन' परीक्षण गरिने

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले ३० वर्ष र सोभन्दा माथिका अमेरिकी सैनिकहरूका लागि वार्षिक रूपमा अनिवार्य 'टेस्टोस्टेरोन' (पुरुष हर्मोन) परीक्षण कार्यक्रम घोषणा गरेका छन्।

सामाजिक सञ्जाल 'एक्स'मा एक भिडियो सन्देश जारी गर्दै रक्षामन्त्री हेगसेथले यो परीक्षणलाई सैनिकहरूले वार्षिक रूपमा पूरा गर्नुपर्ने नियमित स्वास्थ्य परीक्षणमा थप गरिने जानकारी दिएका हुन्। 

३० वर्षभन्दा मुनिका सैनिकहरूका लागि भने यो परीक्षण ऐच्छिक (स्वेच्छिक) हुनेछ। परीक्षणपछि आवश्यकता अनुसार गरिने उपचार वा 'टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी' लिने/नलिने भन्ने निर्णय भने सम्बन्धित सैनिककै व्यक्तिगत रोजाइमा निर्भर रहने हेगसेथले बताएका छन्।

रक्षामन्त्री हेगसेथले यस लाई अमेरिकी सेनाको सबैभन्दा बलियो पक्ष मानिने व्यक्तिगत योद्धाको क्षमता कायम राख्ने पेन्टागनको प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

'यो पहल कुनै कृत्रिम क्षमता अभिवृद्धिका लागि होइन,' भिडियो सन्देशमा हेगसेथले भनेका छन्, 'यो तपाईंको प्राकृतिक क्षमतालाई पुनःबहाली र अनुकूलन गर्न, तपाईंको दीर्घायुको रक्षा गर्न र युद्धमा निरन्तर टिकिरहन आवश्यक पर्ने जैविक आधार सुनिश्चित गर्नका लागि हो।'

सैनिकहरूमा हर्मोनको स्तरबारे पेन्टागनको चासो नयाँ भने होइन। 'राष्ट्रिय रक्षा अधिकृत ऐन २०२५' को प्रावधानअनुसार पनि रक्षामन्त्रीले कम टेस्टोस्टेरोनको उपचार, परीक्षण र स्क्रिनिङका विद्यमान मापदण्डहरूबारे अमेरिकी कंग्रेसलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। 'मायो क्लिनिक'का अनुसार ३० वा ४० वर्षको उमेरपछि पुरुषहरूमा हरेक वर्ष प्राकृतिक रूपमा करिब १ प्रतिशतका दरले टेस्टोस्टेरोनको स्तर घट्दै जान्छ।

salt training

कमेन्ट गर्नुहोस्