
रास्वपाका पदाधिकारीहरूको शपथग्रहण समारोह सम्पन्न भएको छ । सभापति रवि लामिछानेको शपथ पछि पदाधिकारीहरूको शपथ भएको हो ।
रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । यस्तै उपसभापति महिलातर्फ सोविता गौतम निर्वाचित हुँदा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित हुँदा सहमहामन्त्रीमा महिलासहित तीन जना निर्वाचित भएका छन् । सो क्रममा नेताहरुले एकअर्कामा बधाइ साटासाट गरेका थिए ।
आइतबारदेखि चितवनमा सुरु भएको महाधिवेशन शुक्रबार सम्पन्न भएको छ ।





